मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित गराएर कुनै हालतमा प्रदेश सरकार ढाल्छौँः आचार्य

१६ माघ २०७७, शुक्रबार

विराटनगर, १६ माघ-नेकपा प्रचण-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार ढालेरै छाड्ने दाबी गरे ।

आधिकारिकता आफूहरूले पाएपछि मुख्यमन्त्री शेरधन राईको भविष्य समाप्त हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उत्तराधिकाले टोले गुण्डाको जस्तो गर्न खोजेकाले प्रतिकार गर्नुपरेको उनको धारणा थियो ।

https://youtu.be/_8MVe3crx2I