सरस्वती पुजा नजिकिदै गर्दा कलाकारहरु मुर्ती बनाउन व्यस्त

१६ माघ २०७७, शुक्रबार

रबिन्द्र बराल/रंगेली, १६ माघ । सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने युवा तथा भारतका कलाकारहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन् । तराईका जिल्लामा कलाकारहरुले पराल, माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले सरस्वती को मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्छन् ।

कलाकार हरुले मंसिर को पहिलो साता बाट भारत बाट नेपाल आएर घर तथा जग्गा भाडामा लिएर आफ्नो कलाकारको माध्यम बाट तीन महिनाको अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका छन । उनिहरुले पराल लाई डोरीले बाँधेर हात , खुट्टा , र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा माटोले लिप्ने गर्दे छन ।

त्यस पछि उक्त मुर्ति लाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्दछन् । तराईका जिल्ला हरुमा यस्ता मुर्ति हरुको बढि किन मेल हुने गरेको छ । ६० बर्ष देखि आफु यो पेसामा लागेको र आफुलाई राम्रो भएको कलाकारहरुले बताएका छन् । उनीहरुले स्वदेशमै बसेर राम्रो कमाई हुने गरेको र यो पेशामा लागेको बताएका छन् ।

मुर्ति हरु झापाको अर्जुनधारा, चतरा, विराटनगर र भारतको विभिन्न ठाउँमा पुगेर समेत नेपाली कलाकारहरुले मुर्ती बनाएर मनग्गे आय आर्जन गर्ने गरेका छन् । एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगोटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेको जहदा गाउँपालिका–५ का सिङघेश्वर मण्डलले वताए । तराईका जिल्ला हरुमा सरकारी तथा निजि बिधालय का विद्यार्र्थीहरुले बसन्त पञ्चमी अर्थात सरस्वती पुजा कोे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन ।