Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

भारतको दिल्लीस्थित इजरायली दूतावासनजिकै बम विस्फोट

2021-01-30 02-01 | Hamro Biratnagar                  


A+ A A-

एजेन्सी, १७ माघ । भारतको दिल्लीस्थित इजारायली दूतावास नजिकै बम विस्फोट भएको छ । भारतीय प्रहरीका अनुसार इजलायली दूतावासनजिकै भएको विस्फोटमा परी केही कारहरुमा क्षति पुगेको छ ।

दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीका अनुसार जिन्दल हाउसनजिक एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ उक्त विस्फोट भएको हो । प्रहरीका अनुसार कम क्षमताको आईईडी विस्फोट भएको हो । विस्फोटमा परी कोही पनि घाइते नभएको र नजिकै रहेका तीन कारका शीशा फुटेको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय