Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

विराटनगरको तारणीप्रसाद कोइराला सञ्चारग्राममा संगित प्रशिक्षण सुरू

2021-01-30 02-01 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १७ माघ । विराटनगर स्थित तारणीप्रसाद कोइराला सञ्चारग्राममा संगित प्रशिक्षण सुरू भएको छ । रेडियो प्रसार सेवा विकास समित रेडियो नेपालको आयोजनामा ९ औं संगित प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरू भएको हो ।

कार्यक्रमको शुभारम्भ संचार सुचना तथा प्रविधि मन्त्रालयका सचिब हरिप्रसाद वस्याल र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।

कार्यक्रममा सचिव बस्यालले सञ्चारग्रामको भवनको पूर्ण उपयोग गर्न आग्रह गरे । उनले रेडियो नेपालले संगित प्रशिक्षण कार्यक्रम सातै प्रदेशमा सञ्चालन गर्ने जानकारी पनि दिए ।

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले सञ्चारग्राम परियोजनालाई दिगो बनाउन बार्षिक रुपमा बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।

महानगरपालिका र रेडियो नेपालको सहकार्यमा स्थापना भएको संचारग्राम व्यवस्थापनमा महानगरापलिकाको निरन्तर सहयोग रहने बताउदै उनले यो संचारग्रामलाई देशकै नमुुना संचार ग्राम वनाउने वताए । तीन महिना सम्म सञ्चालन हुने प्रक्षिणमा ५५ जना सहभागि रहेको जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय