जहदाको बुद्धेश्वरी माविद्वारा आय व्ययको सार्बजनिक लेखा परिक्षण

१७ माघ २०७७, शनिबार

विराटनगर, १७ माघ । मोरङको जहदा गाँउपालिका १ स्थित बुद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो आयब्ययको सार्बजनिक लेखा परीक्षण गराएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजनागरि स्कुल परिवारले आफ्नो आयब्यय सार्वजनिकगर्दै सामाजिक परीक्षण गराएको हो ।

विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार यादवले आर्थिक बर्ष २०७६÷७७ को आयब्यय प्रस्तुत गरे । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयले सो अवधिमा नेपाल सरकारबाट अनुदान वापत २० लाख ६३ हजार १ सय ३३ रुपैया आम्दनी तथा २० लाख ३१ हजार १ सय ६९ रुपैया खर्च गरेको बताए ।

विद्यालयकालागि पाठ्यपुस्तक खरीद,बुक कर्नर निर्माण र बालबिकास कक्षा मर्मत लागयतका शिर्षकमा अनुदानको रकम खर्च गरिएको उनले प्रतिवेदन मार्फत सार्वजनिक गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीपचन्द यादवले विद्यालयको स्थापनापछि पहिलोपटक प्रअ अरबिन्द यादवको कार्यकालमा सामाजिक परीक्षण गराइएको जानकारी दिए ।