Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

हाम्रो टीम नेपालले खोल्यो ६५ रुपैयाँ छाक खाना खुवाउने रेस्टुरेन्ट

2021-01-30 09-01 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टीम नेपालले गत वर्ष ११ चैतदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय