Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

’माता सीता मिथिलाका नारीहरुको प्रेरणाको श्रोत’

2021-01-30 11-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १७ माघ । सत्युगमा जनकपुरमा जन्मिएकी देवी सीता अहिलेपनि मिथिलाको नारीहरुको प्रेरणाको स्रोतकोरुपमा रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

शनिबार बिराटनगरमा अप्पन बिराटगढ परोपकार समाजद्वारा आयोजित नारी शक्ति प्रेरणाको स्रोत जानकीको जीवन गाथा एक परिचय बिषयक कार्यक्रममा माता सिताको त्याग तपस्या बलिदान र शक्तिको चर्चा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरस्थित जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले मिथिला बासी मैथिली हुनुमा गर्ब गर्नु पर्ने बताए । माता सीताको चर्चा गर्दै उनले बिरङ्गना,साहसी,आदर्श नारी सीताको अंश हुन पाउनुमा सबै गौरवान्वित हुनुपर्ने बताए ।

अमेरिकामा बसेर मैथिली र मिथिलाको लागि अवाज उठाउदै आईरहेका भएकी मैथिली दिवा अमेरिकाकी अध्यक्ष तथा जनकपुरकी काजल कर्णले मिथिलाको नारी संस्कारी भएकै कारण जहाँ भएपनि संस्कृति र संस्कारलाई जिबित राख्नुको साथै उक्त ठाँउलाई मिथिलामय बनाउने गरेको बताइन् ।

उनले हरेक नारीमा सीता माताको अंश रहेकोले हामीले गर्ब गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा मिथिला र मैथिलीको लागि योगदान दिदै संरक्षण र संबद्र्धनमा भुमिका खेल्दै आएका एक दर्जन बढीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मैथिली संस्कृतिलाई जगेर्ना गर्न विभिन्न मैथिली नृत्य समेत प्रस्तुत गरिएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय