
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेसनबाट सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन भएको छ ।
शनिबार भएको साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदीप कुमार खड्का, बागमती प्रदेशबाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै महासंघको महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सहकोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भएका थिए ।
शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो । जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन ।