नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी

१८ माघ २०७७, आईतवार

भाषणका क्रममा नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेका खानेपानी मन्त्री मणिचन्द्र थापा (मणि थापा) ले भूलबस त्यस्तो भएको भन्दै क्षमा मागेका छन् ।

शनिबार नेकपा ओलीसमूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेका थिए ।

मन्त्री थापाले नेपाल सरकार शब्दको प्रयोग गर्दा श्री ५ को सरकार भनेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ थापले फेसबुकमार्फत् प्रतिक्रिया दिएका छन्, ‘भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’