Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

सुनवर्षी पोखरीमा बनभोज खानेको भीड बढ्यो

2021-01-31 12-01 | Hamro Biratnagar                  

A+ A A-

रबिन्द्र बराल/रंगेली, १८ माघ । मोरङको रतुवामाई ५ स्थित सुनवर्षी पोखरी वरपर यतिबेला बनभोज खान आउनेको भीड बढ्दै जान थालेको छ । यतिबेला झापा, मोरंग, सुनसरी लगायत विभिन्न जिल्लाबाट सुनवर्षी पोखरीमा पिकनिक आउनेको भीड बढ्दै गएको हो ।

धार्मिक हिसाबले स्थानीयको आस्थाको धरोहरका रुपमा रहको सो पोखरी हेर्न र बनभोज खान आन्तरिक पर्यटकहरु टाढाटाढाबाट आउने गरेका हुन् । सुनवर्षी पोखरी पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै गएपछि स्थानीय उत्साहित हुँदै गएका छन् ।

सुन्दर र आकर्षण देखिने उक्त पोखरीमा पछिल्लो समयमा सो पोखरीको डिलमा रमणीय दृश्य तथा पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या दिन प्रतिदिन बडन थालेको यतिबेला देख्न सकिन्छ ।

कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ । झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गझैँ लाग्ने सो स्थानमा घुम्न आउने पर्यटकहरुले बताएका छन् । अहिले सो ठाउँमा पिक्निक खान आउने सर्वसाधारणहरु पोखरीमा रहेको ढुंगा शयरको मज्जा समेत लिन पाउँदा रमाउने गरेका छन् ।

स्थानीय रतुवामाई समाजले पनि पनि केही दिन अघि सा पोखरीमा डिलमा बनभोज आयोजनागरेको थियो । बिराटनगर बाट पिक्निक खान आएका समाज सेवि बलवहादुर बस्नेतले भने रमणीय दृश्य आफुलाई लोभ्याएको समेत बताए । पिक्निक खाने क्रममा उक्त पोखरी को डिलमा पिक्निक खान आउने सर्वसाधारण हरु लाई पानीको अभाव नहोस भनेर स्वर्गीय जसुमाया बस्नेत र कर्ममाता स्वर्गीय मनमाया खत्रीका नाममा दुईवटा टुवेल(कल) समेत हस्तान्तरण गरेका छन ।

उक्त पोखरीमा अबलोकन गर्ने आउने सर्वसाधारणहरु लाई रमाइलो दृश्य तथा पोखरी बाट रमणीय दृश्य अबलोकन गर्ने का लागि बोटिङ र बालबालिका हरु का लागि विभिन्न खेलका खेलकुद का सामाग्री अत्यन्तै आवस्यक रहेको पिक्निक खेल्न आएका राजेन्द्र कटुवालले बताए ।

३ विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी रहेको छ । प्रत्येक वर्ष बैशाख १ गते विशेष पुजा आजा हुदै आएको छ । सुनवर्षी धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो । यसलाई पर्यटकीय क्षेत्र बनाउन दीर्घकालीन योजना समेत अघि सारेकोे र पोखरीलाई अझ धेरै व्यवस्थित गरिएको र विकास समितिका अध्यक्ष कुमार बुढाथोकीले बताए ।

धार्मिक हिसाबले महत्वपूर्ण सो पोखरीको चौतफी विकासका लागि तत्कालिन संविधानसभा सदस्य ऋषिकेश पोखरेलले पहलकदमी गरेका हुन् । पोखरेलकै पहलमा सो पोखरीमा संग्राहलय समेत निर्णण हुँदै गइरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय