Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

म्यानमारमा संकटकाल : आङ सान सूचीसहित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री सेनाद्वारा गिरफ्तार

2021-02-01 11-02 | Hamro Biratnagar                  

A+ A A-

एजेन्सी, १९ माघ । म्यानमारमा सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । यससँगै त्यहाँको सेनाले शासन आफ्नो हातमा लिएको पुष्टि भएको छ । सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची, राष्ट्रपति, मन्त्री, जननिर्वाचित सांसद तथा सबै प्रदेशका मुख्यमन्त्रीलाई नियन्त्रणमा लिएको केही घण्टापछि संकटकाल घोषणा गरेको हो ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले बहुमत प्राप्त गरेको थियो । यद्यपी उक्त निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले निर्वाचन परिणाम स्वीकार गर्न नसकिने बताउँदै आएको थियो ।

नेताहरुलाई गिरफ्तार गर्दै गर्दा म्यानमारमा टेलिफोन तथा इन्टरनेटको लाइन काटिएको थियो । नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो । म्यानमारको राजधानीसहित मुख्य शहरहरुमा सेनाको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय