उद्योग वाणिज्य महासंघको शहरी विकास समिति विस्तार

१९ माघ २०७७, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको शरी विकास समितिमा सदस्यहरु थप भएका छन् । मीनमान श्रेष्ठको नेतृत्वमा रहेको सो समितिमा शुक्रबार सदस्यहरु थप गरी विस्तार गरिएको हो । समितिको सहसभापतिमा पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चयन भएका छन् ।

समितिका सदस्यहरुमा नेपाल र्इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष र्इन्जिनियर ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टसका पूर्वअध्यक्ष स्वरुप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्टक्चर इन्जिनियर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानूनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् ।

समितिको सल्लाहकारहरुमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत छन् ।

समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स सञ्चालक कृष्ण बोहोरा, गंगा रियलस्टेट चितवनका अध्यक्ष सिए दिनेश चुके, आइएनजीए रियल इस्टेट प्रा.लि. बुटवलका सञ्चालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ प्रा.लि. बिर्तामोडका प्रबन्ध सञ्चालक सुदीप प्रसाइँ, उत्तरगंगा इन्भेस्टमेन्ट ग्रुप सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम वीरगञ्जका सञ्चालक एन्जिनियर हेमन्त वैद्य छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी आवश्यक नीति नियम बनाउनु पर्ने बताए । उनले समितिले त्यसका लागि परिणाममुखी काम गर्नेमा विश्वास व्यक्त गरे ।

समिति विस्तारसँगै बसेको पहिलो बैठकले महासंघको वर्तमान कार्यकालमा कम्तिमा एउटा प्रदेशमा नमुना शहर बनाउने लक्ष्यका साथ काम गर्ने निर्णय गरेको छ ।