Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कक्षा १२ को नतिजा सार्वजनिक

2021-02-01 11-02 | Hamro Biratnagar                  


A+ A A-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरपहिले सम्पन्न बोर्ड बैठकको निर्णयपश्चात नतिजा सार्वजनिक गरिएको हो । कक्षा १२ को नजिता सार्वजनिक गर्ने तयारीका लागि सोमबार बिहान १० बजे राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाइएको थियो।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर इन्ट्रीको काम सकिन समय लागेका नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जानकारी दिएको थियो ।

गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए । नतिजा बोर्डको वेबसाइट र नेपाल टेलिकममार्फत् हेर्न सकिने छ ।


सम्बन्धित खबर