Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

एक ट्वीट्का कारण पत्रकार सिद्धार्थ वरदराजनमाथि एफआईआर

2021-02-01 11-02 | Hamro Biratnagar                  

A+ A A-

भारतको उत्तरप्रदेशस्थित रामपुर प्रहरीले भरतीय मिडिया ‘द वायर’का संस्थापक सम्पादक सिद्धार्थ वरदराजनमाथि एफआईआर दर्ता गराएको छ । उनीमाथि एक ट्वीट्का कारण प्रहरीले एफआईआर दर्ता गरेको द वायरको हिन्दी संस्करणले जनाएको छ ।

वरदराजनले भारतको गणतन्त्र दिवसको अवसरमा किसानले निकालेको ट्याक्ट्रर र्‍यालीको समयमा भएको हिंसाका क्रममा मृत्यु भएका एक प्रदर्शनकारीका परिवारको दाबीसँग सम्बन्धित ट्वीट् गरेका थिए ।

द वायरका अनुसार वरदराजनमाथि एफआईआर आईपीसी को धारा १५३ र ५०५ लगाइएको छ । १५३ राष्ट्रिय अखण्डतामाथि प्रतिकूल प्रभाव पार्नेसँग सम्बन्धित र ५०५ सार्वजनिक उपद्रवका लागि जिम्मेवार बयानसँग सम्बन्धित धारा हो ।

वरदराजनले दुर्भावनापूर्ण अभियोजनका रुपमा आफूमाथि उक्त एफआईआर दायर गरिएको प्रतिक्रिया दिएका छन् । वरदराजनविरुद्धको एफआईआर ५ राज्यका ६ पत्रकारविरुद्ध प्रहरीद्वारा एफआईआर दर्ता भएपछि गरिएको द वायरले जनाएको छ । पत्रकारहरु राजदीप सरदेसाई, मृणाल पाण्डे, जफर आगा, परेश नाथ, अनन्त नाथ तथा विनोद के जोशविरुद्ध प्रहरीले केस दर्ता गरिसकेको छ ।

त्यहाँका मिडिया संगठनले भने पत्रकारमाथि दर्ता गरिएको एफआईआरको आलोचना गरेका छन् । उनीहरुले यसको उद्देश्य पत्रकारहरुलाई हैरानी दिनु र उनीहरुलाई डर देखाउनु रहेको जनाएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय