Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

प्रचण्डलाई ओलीले भने : हिजो म प्रधानमन्त्री थिइनँ झुक्याएर सफल हुनुभयो, अब कोही अल्मलिँदैनन्

2021-02-01 08-02 | Hamro Biratnagar                  


A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिंसात्मक आन्दोलन गर्न खोजेको र अब त्यस्तो आन्दोलन सम्भव हुन नदिने बताएका छन् ।

प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भनेको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त हिंसात्मक आन्दोलन गर्न खोज्नुभएको छ । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको छ । अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई त्यस्तो धृष्टता नगर्न सुझाब दिए । स्व. हेमनारायण यादवको १७औँ स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री नभएका बेला झुक्याइर हिंसात्मक आन्दोलनबाट सफलता प्राप्त गरेको भए पनि अब युवा प्रचण्डको सुन्दर सपनामा अलमलिने अवस्थामा नभएको बताए ।

‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिने वाला छैनन्,’ उनले भने ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय