Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

भारतको बजेट १४ प्रतिशत बढ्यो, ३४८ खर्बको बजेट विनियोजन

2021-02-01 08-02 | Hamro Biratnagar                  

A+ A A-

भारतले आर्थिक वर्ष २०२१/२२ को लागि बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीच भारतले सन् २०२०/२१ को तुलनामा १४ प्रतिशतले बजेट बढाएको हो ।

सन् २०२१/२२ का लागि भारतकी वित्तमन्त्री निर्मला सीतारमणले ३ सय ४८ खर्ब भारती रुपैयाँको बजेट विनियोजन गरेकी हुन् । भारतले सन् २०१९/२० का लागि ३०४ खर्ब भारतीय रुपैयाँको बजेट ल्याएको थियो ।

भारतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आगामी बजेटमा ५५.४ खर्ब पुँजीगत खर्च हुने अनुमान गरेको रहेको भारतीय वित्तमन्त्री सीतारमणले बताएकी छन्  । स्वास्थ्य क्षेत्रको बजेट १३७ प्रतिशतले विस्तार गर्दै २२ खर्ब ३८ अर्ब ४६ करोड विनियोजन गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय