विराटनगरको बि–स्योर ल्याबमा अब एक हजार रुपैयाँमै कोरोना परिक्षण

२० माघ २०७७, मंगलवार

 

विराटनगर, १९ माघ । पूर्वमै पहिलो पटक सस्तो र सर्वसुलभ शुल्कमा कोरोना परिक्षण गर्न थालिएको छ । नीजि क्षेत्रबाट सञ्चालीत विराटनगरको बरगाछीस्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले सोमबारदेखि हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा कोरोना परिक्षण गर्न थालेको हो ।

विराटनगर–४ बरगाछीदेखि करिब पाँच सय मिटर उत्तर पुरानो अच्युत मिल छेउमा सञ्चालीत बि–स्योर ल्याबले एक हजार रुपैयाँमै पीसीआर परिक्षण सेवा सुरु गरेको हो । यस अघिसम्म सो ल्याबले १७ सय ५० रुपैयाँमा पीसीआर परिक्षण गर्दै आएकोमा सोमबार देखि घटाएर पीसीआर परिक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिन थालेको हो ।

अत्याधुनिक सुविधा सहितको सो बि–स्योर ल्याबले सवैलाई सहज, सहुलियत र सस्तो शुल्कमा कोरोना परिक्षण गराउने अवसर दिएको छ । प्रदेश १ का आम जन समुदायले बेलैमा कोरोना परिक्षण गरि ढुक्क रहन उक्त सुविधा सुरु गरेको बि–स्योर ल्याबका व्यवस्थापक शरद रेग्मीले जानकारी दिए ।

प्रदेश १ का नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै सस्तो, सर्वसुलभ दरमा पीसीआर परिक्षण गराउने अवसर दिइइएकाले सवैले परिक्षण गराई ढुक्क हुन व्यवस्थापक रेग्मीले आग्रह गरेका छन् । उक्त ल्याबले कोरोना संक्रमण भए नभएको अत्याधुकि प्रविधिबाट परिक्षण गरि एकै दिनमा रिपोर्ट दिँदै आएको छ ।

सो ल्याब गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्योगी तथा व्यवसायी महेश जाजु, देवेनरा ग्रुपका संञ्चालक प्रकाश मुन्दडा र रिजाल ग्रुपका अध्यक्ष नविन रिजालले संयुक्तरुपमा सञ्चालनमा ल्याएका थिए ।

सो ल्याबमा परिक्षण गर्न र बृस्तृत विवरण बुझ्नका लागि मोबाइल नं. ९८५२६७७७६६, ९८५२०८८१८० सम्पर्क गर्न सकिने छ । त्यस्तै [email protected] मा इमेल गरेर समेत सम्पर्क गर्न सकिने जनाइएको छ ।