Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

म्यानमार सैनिक ‘कू’बारे नेपालले भन्यो : शीर्ष नेताहरूलाई तत्काल रिहा गर

2021-02-02 10-02 | Hamro Biratnagar                  

A+ A A-

म्यानमारमा सैनिक 'कु' गरेर सत्ता हातमा लिई राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सु चीलाई नियन्त्रणमा लिएको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गरेको छ ।

नेपालले म्यानमारका राष्ट्रपति र आङ साङ सु चीलगायत गिरफ्तारमा परेका शीर्ष नेताहरूको सुरक्षामा चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने पनि विश्वास व्यक्त गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय