सवारी दुर्घटनामा एक जनाको मृत्यु

२० माघ २०७७, मंगलवार

विराटनगर, २० माघ । झापाको गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका–५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।