निर्वाचन आयोग पुगेर प्रचण्ड–माधव समूहले गर्‍यो आधिकारिकताको दाबी

२० माघ २०७७, मंगलवार

नेकपा प्रचण्ड– माधव समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित आयोग पुगेको नेकपाको सो समूहले औपचारिक रुपमा वैधानिकताको दाबी गरेको हो ।

निर्वाचन आयोगलाई पत्र बुझाउँदै प्रचण्ड–माधव समूहका लीलामणि पोखरेलले राजनीतिक दलसम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरुले पार्टीको आधाकिरताको दाबी गरेको बताए ।

निर्वाचन आयोगका पदाधिकारीसँग बोल्दै पोखरेलले १० पुसमै ‘हामी यहाँ छौ’ भनेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको उल्लेख गरे ।

आवश्यक परे फेरि पनि ती हस्ताक्षरकर्तालाई सशरीर उपस्थित गराउन सक्ने पनि पोखरेलले दाबी गरे ।  त्यसक्रममा पोखरेलले आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मान्ने तर त्यसैको बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्नु गलत भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितको टोलीसक्षम प्रतिक्रिया दिएका छन् ।