Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

अख्तियारका प्रमखु आयुक्त र आयुक्तको पदभार ग्रहण

2021-02-03 12-02 | Hamro Biratnagar                  

A+ A A-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तले पदभार ग्रहण गर्दैछन् । aअख्तियारका नवनियुक्त प्रमुख आयुक्त प्रेमबहादुर राई र आयुक्त जयबहादुर चन्दले बुधबार सवा १२ बजे अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि बुधबार बिहान राष्ट्रपतिनिवासमा राई र चन्दले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा रिक्त पदमा नियुक्त गरेकी थिइन् ।

संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन गर्नु पर्ने हुन्छ । तर,  सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाइ नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय