Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित एक जना पक्राउ

2021-02-03 03-02 | Hamro Biratnagar                  


A+ A A-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुरका धिरोन्द्र महतो रहेका छन् ।

दुबईबाट नेपाल एयरलान्सको २३० नम्बरको फ्ल्याइटबाट बुधबार विमानस्थल उत्रिएका महतोको लगेजभित्र ७ सय ७ ग्राम सुन फेला परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए ।

‘विमानस्थल भन्सार कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त चेकजाँच टोलीले परीक्षण गर्ने क्रममा सुनसहित २ वटा आईफोन र ३ वटा घडीसमेत बरामद भएको छ । थप अनुसन्धान जारी छ,’ एसएसपी बाँस्तोलाले भने ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय