अख्तियार प्रमुखसहित संवैधानिक अंगका पदाधिकारीहरूले लिए शपथ

२१ माघ २०७७, बुधबार
?????????????????

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक अंगका प्रमुखहरुलाई शपथ ग्रहण गराउनु भएको हो । त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराउनु भएको थियो ।

राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो । पदभार ग्रहण गरेपछ नै संबिधान भन्दा आफ्नो पूर्वकमाण्डर पुष्पकमल दाहालको आदेश मात्रै मान्ने घोषणा गर्नुभएका सभामुख अग्नि सापकोटाले भने शपथग्रहण समारोहमा सहभागी हुनुभएन । प्रचण्डको आदेशमा उहाँले शपथग्रहण समारोह बहिस्कार गर्नुभएको हो ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधरलगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो । नियुक्तिलगत्तै सपथग्रहण भएको हो । विभिन्न संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ ।

केही बेरअघि राष्ट्रपति भवन शितल निवासमा आयोजित बिशेष कार्यक्रममा संबैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण भएको हो । संबैधानिक निकायका पदाधिकारीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनु भएको हो ।