आज देशभर १४२ जनामा कोरोना पुष्टि, २०६ डिस्चार्ज

२१ माघ २०७७, बुधबार

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५९७ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ५२ महिला र ९० पुरुषमा कोरोना संक्रमण पष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

नेपालमा थप २०६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ०६५ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा २५ महिला र ३० पुरुषसहित ५५ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा ४४ भक्तपुरमा ३ र ललितपुरमा ८ जनामा कोरोना देखिएको छ । हाल २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् भने ९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।