Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

2021-02-03 07-02 | Hamro Biratnagar                  


A+ A A-

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता काम नगर्ने सहमतिसहित कागज गरेको प्रहरीले जनाएको छ ।

सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरतीले माफी मागेको र तीनै जनाले घटनाको मिडियाबाजी नगर्ने र सामाजिक सञ्जालमार्फत माफी माग्ने सहमति गरेको प्रहरीको भनाइ छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय