Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

नेकपा प्रचण्डसमुहद्वारा विराटनगरमा मशाल जुलुस

2021-02-03 08-02 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २१ माघ । सरकारलेसंसदीय सुनुवाईको प्रकृया पुरा नगरी संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीलाई शपथग्रहण गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहले बुधबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

संवैधानिक परिषद्ले गरेको नियुक्ति संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको र त्यसको किनारा नलागेको अवस्थामा प्रधानन्यायाधीशबाटै शपथग्रहण गराइएपछि नेकपाले विरोधमा बिहीबार आमहड्ताल घोषणा गरेको छ । आमहड्तालको पूर्व सन्ध्यामा सो समुहले विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

विराटनगरको संसारीमाइस्थानबाट निस्किएको मसाल जुलुस ट्राफिकचोक, जलजला चोक, शनिमन्दिर हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय