ओली नेतृत्वको सरकार जंगली भयोः प्रचण्ड

२२ माघ २०७७, बिहीबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जंगली भएको बताएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेना, नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले १० वर्षे सशस्त्र जनयुद्धमा बरु आफूहरु अनुशासित भएको तर केही मान्छेले जंगली भन्ने गरेको सम्झना गर्दै अहिलेको सरकार चाहिँ जंगली भएको टिप्पणी गरेका हुन् ।

प्रचण्डले केही व्यक्तिले जंगली भएको आरोप लगाए पनि युद्धको समयमा आफूहरु जनताको काखमा भएको दाबी गरे । उनले केपी ओली नेतृत्वको सरकारले नियम कानुन र संविधान नमानेको भन्दै जंगली भएको आरोप लगाएका हुन् ।