Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

गंगबुमा जलाइयो ट्याक्सी

2021-02-04 01-02 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले आज आमहड्तालको घोषणा गरेको छ । आमहड्ताल घोषणा गरेकै दिन अज्ञात समूहले काडमाडौंको गंगबु चोकमा ट्याक्सीमा आगजनी गरेको छ । बिहान ७ बजे प्रदेश ३, ०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् ।

ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। यो क्षेत्रमा नेकपाका नेता भीम रावलले आमहड्तालको नेतृत्व गरेका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त गरेर बुधबार सपथ खुवाएपछि यो समूह अझ रूष्ट भएको हो । रुष्ट बनेको नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय