Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

नेकपा प्रचण्ड समुहको बन्दः शिवकुमार मण्डलको निर्देशनमा चिया पसलमा तोडफोडको आरोप

2021-02-04 02-02 | Hamro Biratnagar                  


A+ A A-

गरिब जनता माथि निर्धात कुटपिट गरेको आरोप

विराटनगर, २२ माघ । नेकपा प्रचण्ड समुहले विराटनगरमा गरेको आम हड्तालका कारण दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने परिवार मारमा परेका छन् । बिहिबार सो समुहका कार्यकर्ताले विराटनगर महानगरपालिका अगाडी चिया नास्ता पसल गरेर रोजी रोटी चलाउने सामान्य परिवारको पसल तोडफोड गरिदिएका छन् । 

विघटित प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलको निर्देशनमा कार्यकर्ताहरुले चिया पसल तोडफोड गरेका छन् । सामान्य चिया नास्ता पसलमा मण्डलको निर्देशनमा कार्यकर्ताहरुले अन्धाधुन्ध लाठि प्रहरी गरी तोडफोड गरेको र निर्धात कुटपिट गरेको पसलेले आरोप लगाएका छन् । उनले सानो पसल गरेर रोजीरोटी चलाउँदै आएको भएपनि सर्वहारा बर्गको पार्टी भन्दै उल्टै गरिब जनतामाथि अत्याचार गरेको आरोप लगाए ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय