Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पूर्व–पश्चिम राजमार्ग खुलाउन बर्दिवासमा प्रहरीको बल प्रयोग, वडाध्यक्ष घाइते

2021-02-04 03-02 | Kishor Bishwokarma                  


A+ A A-

नेकपा प्रचण्ड-माधव नेपाल समूहले आह्वान गरेको आमहतालका बीच महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपमा बर्दिवास नगरपालिका- ३ का वडाध्यक्ष राजन ढुङ्गाना, नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका- १ का वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारीलगायत घाइते भएका छन् । उनीहरूको हात, खुट्टामा चोट लागेको छ भने वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

आमहडतालका कारण बन्द रहेको पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सरकारको विरोधमा आज प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी आन्दोलनको आह्वान गरेको हो ।

https://youtu.be/NTYoaH0D_Cw

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय