Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

आमहडताल अपडेट : १ सय ८४ नेता/कार्यकर्ता पक्राउ, २२ सवारी तोडफोड

2021-02-04 08-02 | Kishor Bishwokarma                  


A+ A A-

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका क्रममा देशभरबाट प्रहरीले १ सय ८४ नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले आमहडतालका क्रममा हिंसात्मक गतिविधि गरेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता कुँवरका अनुसार प्रदर्शनकारीबाट भएकाे ताेडफाेडका कारण २१ सवारीसाधनमा क्षति पुगेको छ ।क्षति पुगेका सवारीसाधनमध्ये १९ सार्वजनिक सवारीसाधन र २ सरकारी सवारीसाधन रहेको उनले बताए । आमहडतालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

प्रहरीका अनुसार आमहडतालका कारण देशभर चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प भए भने ठाउँठाउँमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मुठभेडसमेत भएका छन् ।

आमहडतालकै क्रममा प्रदेश २ को जनकपुरस्थित शिवचोकमा झडप हुँदा नेकपा केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । प्रहरीको लाठीले उनको टाउको फुटेको छ ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर