Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

2021-02-04 08-02 | Kishor Bishwokarma                  


A+ A A-

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ । प्रचण्ड-नेपाल समूहले बिहीबार साँझ विज्ञप्ति निकालेर जनसमर्थन, सद्भाव, सहभागिता र नेता तथा कार्यकर्ताको उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएकाले आमहडताल सफल भएको दाबी गरेको हो ।

प्रहरी प्रशासनले आमहडतालमा खटिएका पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, कृष्ण केसीलगायत देशभरका सयौँ नेता-कार्यकर्ता गिरफ्तार गरेको र जनकपुरमा जुलुसमा सहभागी मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालगायातलाई गम्भीर घाइते बनाएको भन्दै सो समूहले आपत्ति जनाएको छ । उनीहरूले गिरफ्तार गरिएका सम्पूर्ण नेता/कार्याकर्ता तत्काल रिहा गर्न माग गरेका छन् ।

'सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको हामो पार्टी घोर भर्त्सना गर्दै गिरफ्तार नेताहरूलाई अविलम्ब रिहा गर्न माग गर्दछ । आन्दोलनका क्रममा असमाञ्जस्यताका कारण सञ्चारकर्मी मित्रहरूमा परेको मर्काका लागि पार्टी दुःख व्यक्त गर्दछ,' केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रचण्ड माधव समूहले प्रतिनिधिसभाको विघटन र संवैधानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिविरुद्धमा बिहीबार आमहडतालको आह्वान गरेको थियो ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर