Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

ओली समूहको शक्ति प्रदर्शन आज, १६ स्थानबाट जुलुस निस्कँदै

2021-02-05 11-02 | Hamro Biratnagar                  


A+ A A-

नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आयोजक बाग्मती प्रदेश कमिटीले सभामा एक लाखभन्दा बढी सहभागी हुने दाबी गरेको छ । त्यसको व्यवस्थापनका लागि करिब तीन हजार स्वयमसेवक परिचालित हुनेछन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, सुन्धारा, त्रिपुरेस्वर, गौशाला, मातीघर मण्डला, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकू, वसन्तपुर, ज्ञानेश्वर तथा पुरानो बानेस्वरलगायतका स्थानबाट जुलुस निस्कने छ । उता ओलीसमूहको सभालाई लक्षित गरी नारायणहिटीअगाडिका सडकमा भएका डिभाइडर हटाइएको छ ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय