Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

2021-02-05 03-02 | Hamro Biratnagar                  


A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् ।

नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र पंगु अवस्थामा पुर्‍याउन समीकरणको राजनीतिक बहुमतको सरकारको ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । त्यस कारण चुनावमा जाने निर्णय गरेँ ।’

उनले देश चुनावतर्फ लागि सकेको दाबी गरे ।  ‘चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठीक कि गर्न नदिने ठीक जनताले फैसला गर्नेछन्,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालले पार्टी छोडेपछि सरकारको कामको गति अघि बढेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय