Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

संवैधानिक आयोगमा नियुक्तिबारे सर्वोच्चको कारण देखाउ आदेश

2021-02-05 05-02 | Hamro Biratnagar                  


A+ A A-

सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले राष्ट्रपति र सरकारलगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ दिन भनिएको छ ।

बुधबार सरकारले विभिन्‍न संवैधानिक निकायमा नियुक्ति गरेका पदाधिकारीलाई प्रधानन्यायाधीशबाट शपथ गराएको थियो । संसदीय सुनुवाइविनै संविधानविपरीत नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय