कटहरीबाट लागु औषधसहित तीन जना पक्राउ

११ फाल्गुन २०७७, मंगलवार

विराटनगर, ११ फागुन । मोरङको कटहरी गाउँपालिकाबाट ३ जना यूवा ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउपर्नेमा कटहरी गाउँपालिका २ का ३३ बर्षिय धनिराम चौधरी, वडानम्बर ४ का ३७ बर्षिय मनराज शेख र २३ बर्षिय कैलाश मण्डल रहेका छन ।

उनिहरुलाई कटहरी गाँउपालिका ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । उनिहरुको साथबाट प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।