विराटनगरसँग जोडिएको कटहरीमा युवा उद्यमीद्वारा कृषिको व्यवसायिकरणका लागि साप्ताहिक बजार सञ्चालन गर्ने

१३ फाल्गुन २०७७, बिहीबार

विराटनगर, १३ फागुन । ंनेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले घरेलु तथा साना उद्यमीहरुले उत्पादिन वस्तुको बजारीकरणका लागि स्टल राख्ने भएको छ ।

मञ्चले विराटनगरमा पत्रकार सम्मेलन गरी युवा उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले स्टल राख्ने जनाएको छ । मञ्चले प्रत्येक शुक्रवार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मोरङको कटहरी–१ स्थित कृषि बजारको उत्तरतर्फ खाली स्थानमा बजार सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष सृजन प्याकुरेलले जानकारी दिए ।

मञ्चले सञ्चालन गरेको स्थानमा नेवारी परिकारसहित १५ स्टलहरु राख्ने तयारीमा जुटेको उनले बताए । कृषकहरुद्वारा स–साना मात्रामा उत्पादित वस्तुहरुलाई एकै स्थानमा राखी बजार प्रवद्र्धनमा सहयोग गर्न सञ्चालनमा ल्याउन लागिएको मञ्चकी सचिव श्वेता तुलाधरले जानकारी दिइन् । बजारमा अर्गानिक तरकारी, मह, नैनी, खाजा सेट र फाटफुटका सामानहरु बिक्रीका लागि राखिने सचिव तुलाधरले बताइन् ।