इतिहासमै पहिलो पटक उच्च अदालत विराटनगर वार एसोसियसनको कार्य समितिमा मारवाडी समुदायको प्रतिनिधित्व

१३ फाल्गुन २०७७, बिहीबार

बिराटनगर , फागुन १३ ।

उच्च अदालत विराटनगर वार एसोसियसनको इतिहासमै पहिलो पटक मारवाडी समुदायबाट युवा अधिवक्ता मयुर अग्रवाल कार्यसमितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।अग्रवालले भारतको पुणेस्थित सिम्बोसिस ल स्कुलबाट सन २०१८ मा बिबिए एलएलबी अध्ययनगरी नेपाल सरकारका महान्यायधिवक्ता अग्नि खरेलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका छन् भने विराटनगरमा उनी कानुन व्यवसायीको रुपमा कार्यरत रहेका छन् । अग्रवाल पहिलो पटक मारवाडी समुदायको प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

यसपाली कार्य समितिमा युवा अधिवक्ताहरुलाई विषेश प्रथामिकता दिँदै प्रोत्साहन गरिएको छ । युवा अधिवक्ताहरुमा लोकप्रीय अधिवक्ता अनिल खड्का उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै अन्य युवा अधिवक्ता सागर घिमिरे पनि कार्य समितिमाको सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको छन् ।

निर्वाचन समितिका प्रमुख संयोजकमा कुमार भट्टराई हुनु हुन्छ । भट्टराईका अनुसार फागुन १५ गते निर्वाचन सम्पन्न भएपछि अन्तिम निर्वाचन परिणाम घोषणा हुनेछ ।

उच्च अदालत विराटनगर वार एसोसियसनको आगामी फागुन १५ गते हुन लागेको १३ औँ कार्य समिति निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका अधिवक्ता नारायण प्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् । १५ गते हुने निर्वाचनमा अध्यक्षका लागि अधिवक्ता हरि बराल र अधिवक्ता नारायण प्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये अधिवक्ता बरालले उम्मेदवारी फिर्ता लिएपछि अधिवक्ता दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।

आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका अधिवक्ताहरुको अन्तिम नामावाली यस्तो छ ।

अध्यक्ष : अधिवक्ता नारायणप्रसाद दहाल
उपाध्यक्ष : अधिवक्ता अनिल खड्का
सचिव : अधिवक्ता प्रेम कुमार घिमिरे
सह–सचिव : अधिवक्ता कला तृताल
कोशाध्यक्ष : अधिवक्ता महेश कुमार खड्का
सदस्यः अधिवक्ता मयुर अग्रवाल
सदस्यः अधिवक्ता सागर घिमिरे
सदस्यः अधिवक्ता योगेन्द्र काफ्ले
सदस्यः अधिवक्ता पुरषोत्तम दाहाल
सदस्यः अधिवक्ता मोहन प्रसाद ओझा
सदस्यः अधिवक्ता दिपक कुमार बुदथोकी
सदस्यः अधिवक्ता माया अधिकारी
सदस्यः अधिवक्ता बिनोद कुमार तिम्सिना
पार्षद सदस्यः अधिवक्ता चण्डीप्रसाद पराजुली
पार्षद सदस्यः अधिवक्ता राजेन्दर कुमार सुन्वार्
पार्षद सदस्यः अधिवक्ता कुबेर कार्की