पछिल्लो २४ घण्टामा देशभर ११२ कोरोना संक्रमित थपिए

१३ फाल्गुन २०७७, बिहीबार

विराटनगर, १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ । २४ घण्टामा ३ हजार ४११ जनाको पीसीआर परीक्षण भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।