Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध गरे उजुरी, कुटपिट गरेको आरोप

2021-02-26 11-02 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १४ फागुन । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ । कुटपिट अघि दुव्यर्वहार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८–१० जनाको टोली नै बोलाएको प्रधानले बताए । आफूमाथि आक्रमण भएपछि उजुरी गरेको उनले बताए । साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय