ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, १४ फागुन । नेकपा ओली समूहको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि प्रमुख सचेतक रहेका देवप्रसाद गुरुङलाई बर्खास्त गरेका छन् । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

मंगलबार अदालतले संसद् पुनर्स्थापना गरेपछि शुक्रबार प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहमा गएका प्रमुख सचेतक रहेका गुरुङलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिएका हुन् । भट्टराई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्वएमालेका तर्फबाट खोटाङबाट निर्वाचित भएका थिए ।