बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

१६ फाल्गुन २०७७, आईतवार

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय एक ११ वर्षीया बालिकालाई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरमा दिएको निवेदनका आधारमा प्रहरीले सरबरीयालाई सुनसरीको साहेबगञ्ज सीमा क्षेत्रबाट शनिबार पक्राउ गरेको हो । जबरजस्ती करणी आरोपमा पक्राउ परेका सरबरियालाई कार्यालय रानीमा ल्याई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले. जनाएको छ ।