१८ लाख ७८ हजार रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ

१६ फाल्गुन २०७७, आईतवार

काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौं-१४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भई काठमाडौं-१४ कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् ।