पछिल्लो २४ घण्टामा ५ सय ५९ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

३० चैत्र २०७७, सोमबार

काठमाडौं : सोमबार साढे ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरबाट ५ सय ५९ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार १ सय ५ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ५ सय ५९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सोमबार देशभर थप १ सय ३८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार ५३ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।