विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीको कार्यालयमा तोडफोड र चोरी

३० चैत्र २०७७, सोमबार

काठमाडौँ : काठमाडौँको बाँसबारीमा रहेको विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । महासंघकी महासचिव अस्मिता भण्डारी कार्यालयमा तोडफोड र चोरी भएको जानकारी दिएकी हुन् ।

भण्डारीका अनुसार सोमबार बिहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो । त्यसपछि प्रहरीलाई यसबारेमा जानकारी गराईएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी महासंघको कार्यालय पुगेको थियो । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको छ ।

महासचिव भण्डारीले घटना निन्दनीय भएको भन्दै कसले र किन गरेको हो भन्ने प्रश्न गर्दै तत्काल छानविन गरि कारबाही गर्न माग गरेकी छन् ।