असिनाले रतुवामाईमा लाखौँको फलफुल र तरकारी सखाप

३ बैशाख २०७८, शुक्रबार

इटहरा:  बिहिवार सााझँ परेको असिना पानीले रतुवामाईमा ठुलो क्षति गरेको छ । तरकारी, फलफूल र मकै वालिमा बढि क्षति पुगेको छ ।

वडा नम्वर ९ भौडाहका युवाहरुले गरेको खर्वुजो र तरकारी वाली लगभग सबै नष्ट भएको छ । यूथ इटहरा एग्रो ग्रुप प्रालिले लगाएको उक्त बालीमा ४ लाँख बढी लगानी भएकोे ग्रुपका सदस्य तेजप्रसाद भण्डारीले वताउनुभयो । उक्त लगानी अव लगभग पुरै डुवेको उहाँको भनाई छ  ।

एग्रो ग्रुपले १ बिगााहमा खर्वुजो, १ बिगाहमा भिण्डी, ५ कठ्ठामा टमाटर र २ कठ्ठामा रायोसाग लगाएको थियो । केही दिनमा २ ट्रक खर्वुजो पाक्न लागेकामा अव खर्वुजो पुरै काम नलाग्ने अवस्थामा पुगेको भण्डारीले जानकारी गराउनुभयो ।

त्यसैगरी  नष्ट भएका बालीबिरुवा देखाउदै उहाँले भन्नुभयो, “यो हप्तावाट जापानी रायो बेच्न थालेका थियौँ, सबै छेतबिच्छेते भयो । भिन्डी भर्खर फूल्दै थियो, टनेलमा टमाटर हुर्रकदै थियो, सवै बर्वाद भयो ।” लाखमा गरिएको लगानी अव हजारमा उठाउन पनि आफुहरुलाई गाहो पर्ने भण्डारीको निष्कर्ष छ ।

एग्रो ग्रुपले वाली बिमा गर्न नसकेका कारण अव क्षेतिपुर्ति समेत पाउन सकने अवस्था छैन । सुरुदेखि नै बिमाका लागि दौडधुप गरे पनि  बिमा कम्पनीले बिमा नगरिदिएको उनीहरुको गुनासो छ । मोरङमा बाली तथा पशु बिमाको जिम्मा पाएको सानिमा इन्सुरेन्सले आफुहरुले सबै प्रकृया पुर्याउदा पनि बाली बिमा नगरिदिएकोे भण्डारीले दावी गर्नु भयो ।

उहाँले सुनाउनुभयो, "हामीले सबै प्रकृया पुर्याएर सानिमा इन्सुरेन्समा बिमाका लागि निवेदन दर्ता गरयौँ, तर हाम्रो बिमा भएन । हामी यो बिषयलाई लिएर हार गुवार गर्दै नगरपालिका गयौ, उसले कुनै पहल गरिदिएन । प्रदेश कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यलय पनि गयौ, त्याहाँ बाट पनि कुनै सहयोग पाइएन । हाम्रो बाली बिमा नभको नभौ भयो ।"

इन्सुरेन्स नभएपनि स्थानिय सरकार र प्रदेश सरकार समक्ष क्षतिपुर्तिका लागि निवेदन दिने तयारी गरिरहेको पनि भण्डारीले जानकारी गराउनुभयो । यस्तो विपत र नोक्सानिमा पनि  सरकारले  कृषकहरुलाई राहाँत दिएन भने कृषिमा जागरुप भएका युवाहरु निरास हुने उहाँको बुझाई छ ।

बिभिन्न पेशा ब्यवासायमा रहेका भौडाहका ५ जनाँ युवाहरु मिलेर गत कार्तिकमा यूथ इटहरा एग्रो ग्रुप प्रालि नामको कृषि कम्पनी दर्ता गरी ब्यवसायीक कृषि सुरु गरेका थिए । सुरुवातिमै प्राकृतिक विपति र सरकारी निकायको बेवास्ताका कारण युवाहरु निरास बनेका छन् ।