फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्न एमाले संसदीय दलको बैठक बस्दै, नेता कँडेल भन्छन् – यो राजनीतिक अपराध हो

३ बैशाख २०७८, शुक्रबार

एमालेका कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले 'फ्लोर क्रस' गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने प्रकाश ज्वालासहित चार सांसदले राजनीतिक अपराध गरेको बताएका छन् । ‘पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर साथीहरूले राजनीतिक अपराध गरेका छन् । उनीहरूमाथि कारबाही हुन्छ’ उनले भने ।

एमालेका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गर्ने सांसदमा ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । पार्टी निर्णय विपरीत मतदान गर्ने सांसदलाई कारबाही गर्न एमालेको संसदीय दलको बैठक बस्दैछ ।