सुनसरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

३ बैशाख २०७८, शुक्रबार

सुनसरी, बैशाख ३ : सुनसरी बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयापुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।