विराटनगरलगायत मोरङका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी

३ बैशाख २०७८, शुक्रबार

विराटनगर, ३ बैशाख । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी परेको छ । शुक्रबार साँझ विराटनगरसहित विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको हो ।

हावाहुरीसँगै परेको असिनाले पानिले विभिन्न स्थानमा क्षती पुगेको छ । असिना पानीले जिल्लाका विभिन्न स्थानमा लगाइएको तरकारी तथा फलफुल खेती नष्ट भएको छ ।

विराटनगरसँगै जोडिीको मोरङको कटहरी गाउँपालिका, धनपालथान, रंगेली नगरपालिकाका विभिन्न स्थानमा गरिएको तरकारी तथा फलफुल खेती नष्ट भएको कृषकहरुले बताएका छन् । यस अघि बिहिबार सँझसमेत हावाहुरीसहित असिना पानि परेको थियो । शुक्रबार साँझ परेको असिनाले सडक सेताम्मे भएको थियो ।