विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

७ बैशाख २०७८, मंगलवार

विराटनगर, बैशाख ७ : मोरङ बिराटनगर ४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ ।

सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।